नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह 'आई'को खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्यो ।
नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए । खेलकाे ३९औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २-१ को स्थितिमा थियो ।
७३औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै ३–१ को स्थितिमा पुर्याए । इराकका आयमेन हुसेनले अन्तिम समयमा आत्मघाती गोल गर्न पुगेपछि नर्वेले आफ्नो पहिलो खेल इराकविरुद्ध ४–१ को जित दर्ता गर्याे ।
फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ । यो जितसँगै विश्वकप-२०२६ मा नर्वेले ३ अंक जोडेको छ।