काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्रीले भारत भ्रमणको क्रममा सीमा विवादबारे कुरा नउठाएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै न्यानो आतिथ्यतामा रमाउँदै बिछ्याइएका कार्पेटहरूलाई कुल्चँदै राष्ट्रवादलाई भुलेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘हामीले सुन्यौँ हामीले अतीतको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति माननीय हाम्रो परराष्ट्र मन्त्रीले दिनुभयो। उहाँले समकक्षसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्नुभयो । अतीतको बोझ हामी बोक्न सक्दैनौँ भनेर के चिजलाई भन्न खोज्नुभएको हो? उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका अतिक्रमित जमिनहरूको नेपालको दाबीलाई हामीले बोक्न सक्दैनौँ भनेर भन्नुभएको हो ?’
उनले आज सिमानामा नेपाली सीमा रक्षाका लागि लडिराख्दा सरकारले कुनै कदम नचालेको बताइन्। उनले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन र माफी माग्नुपर्ने अडान दोहोर्याइन्।