काठमाडौँ । विश्वकपअन्तर्गत समूह ‘एफ’को खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ अन्तरले हराएको छ। सोमबार बिहान भएको खेल जितेसँगै स्विडेन समूह एफको शीर्ष स्थानमा उक्लिएको छ । मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्विडेनले ट्युनेसियालाई सहजै हराएको हो। विजयी स्विडेन ३ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिँदा पराजित ट्युनेसिया भने अंकविहीन रहँदै पुछारमा पुगेको छ ।
स्विडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे। पराजित ट्युनिसियाका लागि ओमार रेकिकले खेलको ४३औँ मिनेटमा एक गोल फर्काएका थिए। यही समूहका जापान र नेदरल्यान्ड्सले १/१ अंक जोडेका छन्।