काठमाडौं । धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङले नयाँ मौलिक गीत ‘घाँसको भारी’ सार्वजनिक गरेका छन् । सुन्दर उहीया गाउँको परिवेश तथा गाँउका दृश्यहरुलाई जिवन्तरुपमा धनबहादुर गुरुङले यो गीतको भिडियोमा उतारेका छन् ।
उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित गीत ‘घाँसको भारी’ काे म्युजिक भिडियो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । धनबहादुर गुरुङको लय तथा गणेश गुरुङको शब्द संकलन रहेको सो गीतमा शितल गुरुङ र रोजिना गुरुङको स्वर रहेको छ । साथमा धनबहादुर गुरुङ, डोलराज बारघरे, रुवी सिँजाली र प्रेमा रानाको सामुहिक स्वर रहेको छ ।
सो म्युजिक भिडियोमा संगीत संयोजन डोलराज बारघरेले गरेका छन् भने ध्वनी मिश्रण कुमार रानाको रहेको छ ।