काठमाडौँ । विश्वकप समूह 'डी' को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हराएको छ । क्यानडाको भ्यानकुभरमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई शून्यका विरुद्ध २ गोलले जितेको हो ।
२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको हो ।
यो जितसँगै अस्ट्रेलियाले ३ अंक जोडेर विश्वकप सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ ।