भक्तपुुर । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरूका लागि तालिम सञ्चालन गरेको छ । विपत जुनसुुकै समयमा पनि आउन सक्ने र त्यसबाट बच्चका लागि नगरपालिकाले सरोकारवालालाई तालिम प्रदान गरेको हो ।
तालिममा विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा राहत व्यवस्थापन, पूर्वतयारीका उपायहरू तथा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण कार्य गर्न सहज हुने अपेक्षा मध्यपुुर थिमीले नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विपतबाट बच्चनका लागि नगरपालिकाले सरोकारवालाई तालिम प्रदान गरेको बताए । उनले नगरपालिकाले यस अगाडि नै विपत व्यवस्थापनका लागि विपत जोखिम न्यूनिकरण व्यवस्थापन सम्बन्धि ऐन जारी गरिसकेको छ ।
उक्त ऐनमा विपत खोज तथा उद्दार समूह, विपत पुुनर्लाभ, विपत प्रतिकार्य, विपत व्यवस्थापन लगायतका विषय समेटिदै आएको छ । नगरपालिकाले विपत व्यवस्थापन सम्बन्धित कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नगर प्रमुखको संयोजकत्वमा नगरपालिकामा नगर विपत व्यवस्थापन समिति गठन गरिसकेको छ । उक्त समितिले अहिले प्रभावकारी रुपमा कार्यसम्पादन गर्दै आएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।