नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गर्नुपर्ने बताएका हुन् ।
‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन । जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्,’ उनले भने।
नेकपा एमालेमा अहिले पुनर्गठनको विषय पेचिलो बनिरहेको छ । नेताहरूले फरकफरक अभिव्यक्ति दिन थालेपछि महासचिव पोखरेलले ध्यानाकर्षण गराएका हुन् ।