२०७४ र २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षमा निर्वाचितमा वीरबहादुर लोप्चन विकास प्रेमी नेताको रुपमा चिनिदै आउनु भएको छ । उहाँको सोही लोकप्रियताले उहाँले २०७९ सालमा दोस्रो पटक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । स्थानीय तहको दोस्रो निर्वाचनपछिको एक वर्षे कार्यकालमा बागमती गाउँपालिकामा भएका विकास निर्मण लगायतका विषयमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनसँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानी
बागमती गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भयो की अझै केही काम बाँकी छ ?
गाउँपालिकाले करिब तीन वर्ष लगाएर आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण कार्य करिब सम्पन्न गरेको छ । अहिले नयाँ प्रशासनिक भवनबाटै सेवा प्रवाह भएको छ तर केही काम भने अझै बाँकी छन् । भवनसँगै कर्मचारी आवास गृह र चमेना गृह लगायतका भौतिक पूर्वाधार भने निर्माणाधिन अवस्थामा रहेका छन् । उक्त कार्य सम्पन्न गर्नका लागि बागमती प्रदेश सरकारले विशेष अनुदान स्वारुप रकम प्रदान गर्दैछ । त्यसपछि केही महिनाभित्र प्रशासनिक भवन निर्माणको सबै काम सम्पन्न भएपछि भवनको भव्यरुपमा उद्घाटन गर्ने तयारी गरेका छौँ । उक्त प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले आफ्नै कोष, जिल्ला समन्वय समिति ललितपुर, स्थानीय पूर्वाधार विभाग लगायतका निकायको लागद साझेदारीमा निर्माण भएको हो । प्रशासनिक भवन निर्माण भएपछि अब बागमती गाउँपालिकाले सेवाग्राहीलाई प्रदान गर्न नियमित सेवा प्रवाह भने सहज र सरल हुँदै गएको छ ।
गाउँपालिकाको महत्वपूर्ण र प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको राडर क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासको काम कसरी अगाडि बढेको छ ?
काठमाडौँबाट करिब २५ किलोमिटरको दुरीमा रहेको उपत्यकाकै रमणीय क्षेत्र बागमती गाउँपालिका वडा नं. ३ मा रहेको राडर क्षेत्र गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र हो । काठमाडौँ उपत्यका सहजै अवलोकन गर्न सकिने यस क्षेत्रमा गाउँपालिकाले राडर क्षेत्रमा पिकनिक स्पोर्ट र आन्तरिक तथा बाह्या पर्यटकलाई सहज आवतजावत गर्न मिल्ने सडक, पार्क लगायतका पूर्वाधार निर्माण गरेको छ । गाउँपालिकाले पहिलो स्थानीय तहको निर्वाचनदेखि नै सो क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आइएको हो । अहिले राडर पर्यटकीय क्षेत्रमा दैनिक १०० देखि १५० जनासम्म पर्यटकक सो क्षेत्रमा घुम्न आउने गरेको र बिदाको दिन भने करिब दुई सय देखि ३०० जनासम्म पुग्ने गरेको छन् ।
गाउँपालिकाले गाउँबासीको स्वास्थ्य बीमा कार्यक्रम अहिले अभियानकै रुपमा अगाडि बढाएको हो ?
बागमती गाउँपालिकाले गाउँबासीको स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन पाँच जना परिवारलाई वाािर्षक तीन हजार ५०० रुपियाँ लाग्ने रकमको ५० प्रतिशत लागत रकम गाउँपालिकाले व्यहोर्ने निर्णय गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । यस वर्षदेखि गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो सुत्केरीलाई दूई हजार रुपियाँ र निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, दीर्घ रोग लागेका व्यक्तिलाई ५० हजार रुपियाँ प्रदान गर्ने, प्राविधिक शिक्षा पढ्ने चहाने व्यक्तिलाई छात्रवृत्ति स्वरुप वार्षिक ५० हजार रुपियाँ गाउँपालिकाले आर्थिक सहयोग गर्ने गरेका छौं । त्यस्तै बिरामी भएका नागरिकलाई मानवीय सहायता कोष शिर्षकबाट बिरामीको प्रकृति हेरेर १० हजारदेखि २५ हजार रुपियाँसम्म वितरण गरेका छौं । यस वर्षदेखि भने गाउँपालिकाले व्यक्तिलाई रकम सँगै स्वास्थ्य बीमा कार्यक्रम थप गरी राहत कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
पहिलो पटक २०७४ सालमा गाउँपालिकाका अध्यक्षको रुपमा निर्वाचित भएदेखि कै यहाँले प्राथमकिताका साथ अगाडि बढाएको एक घर एक धारोको अभियान अहिले कहाँ पुगेको छ ?
स्वाइस नेपाल नामक संस्था र गाउँपालिकाले आफ्नै पनि माल्टा भट्टेडाँडाँ लगायतका क्षेत्रमा खानेपानी कार्यक्रम सञ्चालन गरी एक एक धारोको अभिायनलाई सार्थकता प्रदान गर्ने कार्य भइरहेको छ । अहिले सबै जसो घरमा धारो पुगेको छ भने केही घरमा बाँकी हुन सक्छ तर त्यो पनि केही महिनाभित्र सम्पन्न हुने गरी हामीले काम गरिरहेका छौं ।
पहिलो कार्यकालमा भएका अधुरा योजना केके थिए अहिले सो कार्य कहाँ पुगेको छ ?
हामीले स्थानीय तहको दोस्रो निर्वाचनमा नै भनेका थियौं । हामी निर्वाचित भएपछि यस अगाडि कार्यकालमा भएका अधुरा काम पूरा गछौं भनेका थियो । पहिलो कार्यकालमा साधन, स्रोत र जनशत्ति पर्याप्त हुन नसक्दा स्थानीय तहका प्रशासनिक भवन निर्माण कार्य र सबै घरमा धारो पुर्याउने कार्य थोरै अधुरो रहेका थिए तर अहिले स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष भइसक्दा सो काम सम्पन्न नजिक पर्याएका छौँ । बाँकी काम त नियमित प्रक्रियामा हुने काम हो ।
बागमती गाउँपालिकाले कृषि र पशुपालनका क्षेत्रमा केके काम गरेको छ ?
गाउँपालिकाले आश्राङ र गिम्दीमा खुवा प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । प्यूटारमा पशु प्रबद्र्धन कार्यक्रम भनेर गोठ सुधार गर्ने योजना बनाइ काम भइरहेको छ । अहिले किसान आत्मनिर्भर कार्यक्रम अन्तर्गत कम्तिमा दुईवटा भैसी पाल्नेलाई एउटा भैसी थपेर दिने योजना रहेको छ । त्यस कार्यक्रममा गाउँपालिकाले स्थानीय छिमेकीले रोहोबरमा दुुहुना भैसी वितरण गर्दैछ । चालु आर्थिक वर्ष भित्रमा नै करिब ९० वटा भैसी अनुदान दिदै छौं । कम्तिमा दुईवटा भैसी पालेका किसानलाई आत्मनिर्भर बनाउने योजना स्वारुप गाउँपालिकाले भैसी प्रबद्र्धन कार्यक्रम ल्याएको हो ।
अन्य पालिका भन्दा बागमती गाउँपालिकाले पहिलो पटक ल्याएको एकल पुरुषलाई भत्ता वितरण कार्यक्रमको प्रभाव कस्तो छ ?
गाउँपालिकाले करिब ६० जना जत्ति एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । शुरुमा एक हजार रुपियाँबाट सुरु गरिएको सो भत्ता अहिले एक हजार ५०० रुपियाँ पुर्याइएको छ । श्रीमती नभएका एकल पुरषको दैनिकी झनै कष्ठकर भएको देखेर गाउँपालिकाले एकल पुरषलाई भत्ता दिने कार्यक्रम ल्याएको हो । पहिला बागमती गाउँपालिका एकल पुरषलाई भत्ता दिने योजनामा पहिलो थियो अहिले त धेरै पािलकाले हाम्रै योजनालाई कार्यान्वयन गरेका छन् ।