भक्तपुर । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । जनताको अपेक्षा, आवश्यकता र विकासका आकांक्षालाई नीतिगत निर्णयमार्फत व्यवहारमा उतार्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारकै काँधमा रहन्छ । यही जिम्मेवारीलाई आत्मसात् गर्दै सहमति, सहकार्य र सुशासनको अभ्यासमा निरन्तर अघि बढिरहेको छ, मध्यपुुर थिमी नगरपालिकाले ।
खास गरी २०७४ सालमा पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनपछि एक दशकको अवधिमा मध्यपुुर थिमी नगरपालिकाले स्थानीय शासनमा उदाहरणीय अभ्यास स्थापित गर्न सफल भएको छ । प्रारम्भिक चरणदेखि नै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको मध्यपुुर थिमीले सहमतिमूलक निर्णय प्रक्रियालाई आत्मसाथ गर्दै आएको छ ।
नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको आपसी समन्वय सहकार्य हुुने भएकाले मध्यपुुर थिमी नगरपालिकाले अपेक्षाकृत सुुधारका काम गर्न सम्भव भएको हो ।
सर्वसम्मत निर्णयको संस्कारलाई संस्थागत गर्दै आएको मध्यपुुर थिमी नगरपालिकाले स्थानीय सरकार नागरिकप्रति जवाफदेहि छ भन्ने सन्देश दिएको छ ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधिहरूबीच राजनीतिक मतभेदलाई विकासको बाधा बन्न नदिई साझा लक्ष्यका लागि एकजुट हुने संस्कार विकसित भएको देखिन्छ । जुन अन्य स्थानीय सरकारले पनि अनुशरण गर्नपर्ने देखिन्छ ।
मध्यपुुर थिमी नगरपालिकाका अनुसार “राजनीतिमा प्रतिस्पर्धा र बिकास निर्माणमा सहकार्य अनिवार्य हुन्छ” भन्ने मूल मन्त्रकै कारण मध्यपुुर थिमी नगरपालिकाले सेवा प्रवाह, सुशासन र विकास निर्माण कार्यमा अपेक्षाकृत सफलता हासिल गरेको हो । पछिल्ला वर्षहरूमा सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।कला सँस्कृति सम्पदाको धनी सहरको रुपमा रहेको मध्यपुुर थिमी नगरपालिकाले अहिले सम्पदा पुुनःनिर्मँण, नवनिर्माण र जिर्णद्धार गर्ने कार्यलाई अन्तिम चरणमा पुु¥याएको छ ।
जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयले विकास योजनाहरू समयमै कार्यान्वयन हुन सकेका छन् भने सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता समेत वृद्धि भएको छ । जनप्रतिनिधिहरूबीचको एकता, आपसी सम्मान र साझा प्रतिबद्धताकै कारण विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढ्न सकेको नगरपालिकाको भनाइ छ । यसले राजनीतिक स्थायित्वसँगै प्रशासनिक क्षमता अभिवृद्धि र जनविश्वास सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
नगर प्रमुख श्रेष्ठले नगर सभा र नगर कार्यपालिकाको निर्णय प्रक्रिया सहयोग गर्ने सबै जनप्रतिनिधि, निर्णय कार्यान्वयन गराउने कर्मचारी संयन्त्रप्रति आभाव प्रकट गर्दै आउनुुभएको छ । उहाँले भन्नुुभयो, अब बिगतमा भएका अधुुरा योजना पुुरा गर्दै नगरपालिालाई सम्पदा र सँस्कृतिको सहरकोरूपमा चिनाउने योजना छ ।” मध्यपुुर थिमी नगरपालिका साविकको ५८ वटा नगरपालिका मध्येकै पुुरानो नगरपालिका हो ।