भक्तपुुर । भक्तपुरको सूूर्यविनायक नगरपालिकामा समन्वयकारी नगर प्रमुख र स्थानीय तहका अनुभवी कुशल प्रशासकको रूपमा चिनिने प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको प्रभावकारी समन्वयले गर्दा वित्तीय सुशासन अब्बल देखिएको छ ।
विकास निर्माण र सेवा प्रवाहमा मात्र नभइ वित्तीय सुशासनका क्षेत्रमा पनि सूूर्यविनायक नगरपालिका अब्बल सावित भएको हो । भक्तपुरका चारवटा नगरपालिका भक्तपुुर, चाँगुुनारायण, मध्यपुुर थिमी र सूूर्यविनायक मध्ये सूर्यविनायक नगरपालिका वित्तीय सुशासनमा अब्बल देखिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको ६३ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार सूर्यविनायक नगरपालिका अन्य नगरपालिकाको भन्दा कम बेरुजू देखिएको हो ।
सूर्यविनायक नगरपालिकाको बेरुजु प्रतिशत १.०२ रहेको छ । त्यसपछि मध्यपुर थिमि नगरपालिकाको १.२८ प्रतिशत, भक्तपुर नगरपालिकाको १.९२ प्रतिशत तथा चाँगुनारायण नगरपालिकाको २.२३ प्रतिशत बेरुजु रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार आर्थिक अनुशासन, पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी प्रशासनिक अभ्यासमा सूर्यविनायक नगरपालिका जिल्लामै अग्रस्थानमा रहेको छ । आर्थिक पारदर्शिता र विश्वसनीय नीतिका कारण नै सूर्यविनायक नगरपालिकाले आर्थिक अनुशासनमा भक्तपुुरका चारवटा नगरपालिका मध्ये अब्बल देखिएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।
यस उपलब्धि हुुनुुमा नगर प्रमुख थापाले गत नौ वर्षदेखि नगरपालिकाको नेतृत्व गर्दै आउनुभएको छ ।गत एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा आचार्यले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । आचार्य यस अगािड कार्यरत ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा बेरुजुु न्यूून गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
सूर्यविनायक नगरपालिकामा आएपछि बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउने, खर्च प्रणालीलाई थप पारदर्शी बनाउने, कागजी तथा प्रशासनिक अभिलेखीकरणलाई चुस्त बनाउने, योजनाको प्रभावकारी अनुगमन गर्ने तथा सार्वजनिक उत्तरदायित्वलाई संस्थागत रूपमा मजबुत बनाउने काममा उनले विशेष जोड दिँदै आएका छन् ।
त्यसकै परिणामस्वरूप विगतको तुलनामा बेरुजु अझ घटाउन नगरपालिका सफल भएको हो । नगरपालिकाले पारदर्शी खर्च प्रणाली, समयमै लेखापरीक्षण, योजनाको प्रभावकारी कार्यान्वयन, संस्थागत समन्वय तथा जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको नगर प्रमुख थापाले बताए ।
आगामी दिनमा पनि सुशासन, पारदर्शिता, आर्थिक अनुशासन तथा जवाफदेहितालाई अझ सुदृढ बनाउँदै जाने योजना नगरपालिकाको छ ।