कीर्तिपुरमा गुल्मीका २२ वर्षीय विपीन घिमिरेको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेहरूमा अछाम घर भई काठमाडौंको कीर्तिपुर नगरपालिका–९, भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर नगरपालिका–१०, पाँगा दोबाटो बस्ने २३ वर्षीय रविन्द्र धामी र कीर्तिपुर नगरपालिका–८, सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट छन् । बुधबार दिउँसो १४:२० बजे विपीनको कीर्तिपुर नगरपालिका–१०, पोडेटोलमा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।