काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी बोलाइएको हो।
हाल प्रधान न्यायाधीशलगायत संवैधानिक परिषदका विभिन्न पदहरू रिक्त रहेका छन्।
सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेशअनुसार प्रधानमन्त्रीसहित तीन जनाको बहुमतबाट निर्णय लिन सकिने व्यवस्था गरिएको छ।
संवैधानिक परिषदमा कुल ६ जना सदस्य रहने व्यवस्था छ।