काठमाडौँ । गायक तथा सर्जक सुजन बराईलीको मौलिक म्युजिक भिडियो 'धौलागिरी शिर' सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो सुजन बराइलीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतमा सुजन बराईली र चर्चित गायिका देवी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुवेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ । गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन् । यस गीतलाई पर्वतको मल्लाजमा छायांकन गरिएको छ ।
सो म्युजिक भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदीको अभिनय रहेको छ । यस गीतलाई सुजन बराईलीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।