काठमाडौँ । नेपाल चिकित्सक संघमा डा.बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ । मंगलबार सम्पन्न भएको मतगणनामा उनको नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा.प्रणयरत्न शाक्यले जानकारी दिए । डा.रिजाल ३ हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी डा.मंगल रावलले २ हजार ९४० मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा डा.सञ्जीव तिवारी र महासचिवमा डा.विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध्यक्षतर्फ कोसीबाट डा.रोशन खड्का, मधेसबाट डा.अमितरञ्जन मिश्र, बागमतीबाट डा.सुवास भट्टराई, गण्डकीबाट डा.यज्ञराज सिग्देल, लुम्बिनीबाट डा.नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा.रविन खड्का र सुदूरपश्चिमबाट डा.प्रमोद जोशी विजयी भए । कोषाध्यक्षमा डा.संयुक्त आचार्य, सहसचिव डा.हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा.तेजसुसिंह मल्ल विजयी भएका छन् ।
सदस्यहरूमा डा.अमित झा, डा.राकेश शाह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुस्मित काफ्ले र डा.शेषराज आचार्य विजयी भएका छन् । संघको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कुल १६ हजार १०० मतमध्ये ७ हजार १०२ मत खसेको थियो ।