रोल्पा । थवाङ गाउँपालिका-१ सल्यापस्थित सडकमा लु.१ ज ४१६७ नम्बरको जिप सडकबाट करिब ८ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर र वतन नखुलेका २० जनाको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य १ जनाको आधारभुत जलजला अस्पताल थवाङमा उपचार भइरहेको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।