रोल्पामा बोलेरो दुर्घटना हुँदा १७ जनाको मृत्यु घएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो । रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो। दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ।