विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेका अध्यादेश जारी नगर्न आग्रह गरेका छन् । विपक्षी दलहरुको बैठकले संसदको अधिवेशन स्थगित गरी सिफारिश गरिएका अध्यादेश जारी नगर्न आग्रह गरेको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले दल नेता रामबहादुर थापा, नेकपा प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सांसद सरस्वती लामा सहभागी बैठकले अध्यादेशको विरोध गर्दै संसद् बैठक बोलाउन समेत माग गरेको छ ।