काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् । महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् ।
नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताईन् । ‘हामी सबै एकजुट भएर काम गरे मात्र, मुलुकको व्यवसायिक वातावरणमा सुधार ल्याउन र प्रगति गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी व्यवसायीहरू अहिले केही कठिन घडीबाट गुज्रिरहेका छौँ । मुलुकमा नयाँ सरकार बनेको छ र यसले केही सकारात्मक कदमहरू पनि चालेको छ । आसाँ छ पक्कै पनि देशले आर्थिक गति लिनेछ।’
यसैगरी कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले ज्योत्सना श्रेष्ठ समुहलाई आफ्ना साथ र सहयोग रहेको बताए । देशका हरेक क्षेत्रमा योगदान दिने निजी क्षेत्रको योगदानलाई सरकाले महत्वपूर्ण स्थान दिनुपर्ने बताए । ज्योसना श्रेष्ठ नेतृत्वमा आउने नयाँ टीमले महासंघका अधुरा कामलाई पुरा गर्नुपर्ने बताए । अहिलेको सरकारले प्राइभेट सेक्टर प्रोटेक्सन प्लानलाई कार्यान्वयनमा ल्याएको भन्दै त्यसलाई तदारूपकताक साथ अघि बढाउनुपर्ने बताए । साथै आफु सर्वसम्मतको पक्षमा भएपनि अन्तत चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले महासंघको आसन्न निर्वाचनमा ज्योत्सना श्रेष्ठ समुह लाई जितको शुभकामना दिएका छन् ।
ज्योत्सना समुहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्दु बस्नेत (अजित), ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, राम राजा श्रेष्ठ, डा। रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाइ, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), चुनावी मैदानमा छन् । जसमध्ये जमुना पौडेल र शोभा ज्ञवाली महिला कोटामा रहेका छन् ।