काठमाडौँ । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई आइतबार इमाडोलबाट नियन्त्रणमा लिइएको हो ।
परिसरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार पाठकमाथि सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ । हालसम्म प्राप्त उजुरीका आधारमा चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।