काठमाडौँ । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई १० वर्ष कैद सजाय सुनाइएका एक फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ चनौटे घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. २ पनधारा बस्ने ४२ वर्षीय ईन्द्रबहादुर नेपाली रहेका छन् ।
अदालतको फैसला र सजाय नेपालीलाई उच्च अदालत पाटनको मिति २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १० (दश) वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने सजाय सुनाएको थियो । फैसला भएदेखि नै उनी फरार रहँदै आएका थिए ।
पक्राउ प्रक्रिया सीआईबीबाट खटिएको विशेष टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा आज (२०८३ वैशाख २ गते) नागार्जुन-२, पनधाराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठका अनुसार, पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको छ ।