प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे।
तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका छन्। उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए।
उनले काठमाडौंसहित देशभर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा पनि सरकारले दमन गरेको आरोप लगाए। उनले ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग गरे।