भक्तपुर । सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेका हुन । उनले आधुनिक प्रविधिको प्रयोगमार्फत नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
थापाका अनुसार डिजिटल घर नम्बर प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले पनि डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई द्रुत बनाउने तथा आपतकालीन सेवाहरूलाई लक्षित स्थानमा छिटो पुग्न सहयोग पु¥याउने बताए । उनले यसलाई भविष्यको स्मार्ट सिटी विकासको आधारका रूपमा लिन सकिने उल्लेख गरे । यो अभियानको सुरुवात वडा नम्बर १० अन्तर्गत पर्ने पारी टोलबाट गरिएको हो। प्रारम्भिक चरणमा सो क्षेत्रका घरहरूमा त्तच् कोडसहितको डिजिटल नम्बर जडान गर्ने र विस्तृत विवरण संकलन गर्ने कार्य अघि बढाइएको छ ।
नगरपालिकाका अनुसार प्रत्येक घरको ठेगाना, परिवार विवरण, नक्सा समन्वय लगायतका सूचनाहरू डिजिटल रूपमा अभिलेख राखिनेछ, जसले कर संकलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
शुभारम्भ कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नम्बर २ का प्रदीप कार्की, वडा नम्बर ३ का दिपेन्द्र केसी, वडा नम्बर ४ का लछुराम न्यौपाने, वडा नम्बर ६ का ईश्वर खड्का, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री र वडा नम्बर १० का शिवराम राउत तथा कार्यपालिका सदस्य सुनील भुजेललगायत जनप्रतिनिधिहरु सहभागि थिए ।
त्यस्तै, नगरपालिका पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, योजना तथा नीति शाखा प्रमुख पुष्पराज न्यौपाने, जिन्सी शाखा प्रमुख माधव सुवेदी, प्रशासन शाखा प्रमुख राजेन्द्र नेपाल, सुचना प्रबिधि शाखा प्रमुख सौरभ नेपाल लगायत कर्मचारी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।