काभ्रेपलान्चोक । बेथानचोक गाउँपालिकाको १८ औं गाउँसभा भव्यरुपमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षूहरु, गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु उलेख्यरुपमा सहभागिता रहेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले हिउँदे र वार्षिक गरी दुुईवटा सभा गर्नुुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले सोही वयव्स्थ अनुसार १८ औं गाउँसभा तथा हिँउदे अधिवेशन सम्पन्न गरेको हो । 
गाउँ सभामा गाउँपालिकाले चालुु आर्थिक वर्षमा अहिले गरिएका विकास निर्माण, सेवा प्रवाह, सुशासन र बजेट कार्यान्वयनका बारेमा छलफल भएको थियो । सहभागिहरुले गाउँपालिकाले चालुु आर्थिक वर्षमा सम्पन्न गर्नुुपर्ने योजना र कार्यक्रम वर्षात अगाडि नै सम्पन्न गर्नुुपर्नेमा गाउँसभाका सदस्यले औंल्याएका थिए ।
संविधानबाट प्राप्त अधिकार, अनुसूची ८ मा उलेखित सैवैधानिक व्यवस्था अनुरुपका २२ प्रकारका स्थानीय तहको अधिकार अनुसार स्थानीय सरकारको नीति तथा कार्यक्रम, ऐन, नियम, योजना तर्जुमा तथा बजेट व्यवस्था गर्ने जिम्मेवारी एवं कर्तव्य स्थानीय सरकारको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष भगावन अधिकारीले गाउँपालिकाले सुशासन र सेवा प्रवाह प्रभावरी भएको बताए । 