काठमाडौँ । एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्छन् । यस अफरअन्तर्गत ग्राहकले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् ।
एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरू लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउने कम्पनीको दाबी छ ।
कम्पनीका अुनसार ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन् । प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरुमामा संलग्न भई आफ्नो अंकहरु संकलन गर्न सक्छन् ।
हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन्।
उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन्।