काठमाडौं । अप्रिल फुलको अवसर पारेर नेपाल प्रहरी चेतनामूलक सन्देश प्रवाह गरेको छ । आफ्नो अफिसियल सामाजिक सञ्जालमार्फत ‘स्क्यान मी’ भन्दै रचनात्मक र चेतनामूलक सन्देश प्रवाह गरेको हो । जहाँ तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्युआर कोड स्क्यान गर्नुहोस् भनिएको छ ।
उक्त क्युआर कोड स्क्यान गर्दा चेतनामूलक जानकारी तपाईंको मोबाइलमा आइपुग्छ । जहाँ भोलि कसैले यस्तै क्युआरबाट स्क्याम गर्न सक्ने भएकाले सचेत हुन भनिएको छ ।