काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रालयको आजको निर्णय अनुसार सामान्यको अतिरिक्त समूहमा रहेका उपसचिव वीर बहादुर शाहीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी अन्य उपसचिवहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी प्रदान गरिएको छ। हाल मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई देशभरका नगरपालिका तथा जिल्ला समन्वय समितिहरूमा पठाइएको छ । तीमध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।
सूची






