काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई चयन गरेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।
यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन् । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ ।
बैठकले पार्टी अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।
यी हुन् एमालेका १६ समानुपातिक सांसद
जनजाति
महिला :
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
पुरुष :
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस आर्य
महिला :
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राणा (पुरुष)
दलित
महिला :
–विष्णुमाया वी.के.
–नीता घटानी
मधेसी
महिला :
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
पुरुष :
–चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
–साजिदा सिद्दीकी