काठमाडौँ । टोखा नगरपालिकाले डिजिटल सेवा प्रवाह गरी नगरबासीमा घर–घरबाट सार्वजनिक सेवा प्रवाहका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ र मोबाइल एपको सेवा सुुरु गरेको छ । डिजिटल नम्बर प्लेट वितरण गर्ने प्रक्रिया मात्र होइन,’ ‘यसको मूल उद्देश्य भनेको नगरपालिकाको सेवा घर–घरमा सहज र प्रभावकारी रूपमा पु¥याउनु हो ।’ टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।
नगरपालिकाले ठेक्का प्रक्रियाबाट ड्रोन प्रविधिमार्फत् सम्पूर्ण घरको डेटा सङ्कलन गरी डिजिटल प्रोफाइल तयार गरेको छ । यसमा प्रत्येक घरको भौगोलिक विवरण, परिवारको तथ्याङ्क र डिजिटल पहिचान समेटिएको हुँदा यसलाई अब सेवा प्रवाह, विपद् व्यवस्थापन र विकास योजनामा प्रयोग गरिने नगरपालिकाले जानकारी दिएको छ ।
सूचना प्रविधि शाखालाई अझ सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याउँदै लगिएको छ । ‘अबको बजेटिङ र प्लानिङ नै यस प्रणालीको आधारमा हुनेछ । केही दिनमा टेण्डर प्रक्रियाबाट डिजिटल घर नम्बर टाँस्ने कार्य हुँदैछ । यस परियोजनालाई सफल बनाउन सुचना प्रविधि शाखा सबल नबनाए लगानी व्यर्थ हुनेछ ।’ नयाँ मोबाइल एपमार्फत नगरवासीले सिधै गुनासा, सुझाव वा जानकारी नगरपालिका, वडा र सम्बन्धित प्रहरि कार्यालयसम्म पु¥याउन सक्ने व्यवस्था मिलाइएको छ ।
मोवाइल एपमार्फत् नगरबासीले फोहोर फाल्नेहरुको सूचना, बाढीपहिरो, आगलागी र दुर्घटना जस्ता विपदका घटनाबारे तत्काल नगरपालिका, सम्बन्धित वडा र प्रहरि कार्यालयमा एकैपटक खबर पुग्नेछ ।
नगरबासीले मोवाइल एप आइमास डाउनलोड गरेर प्रयोग गर्न अनुरोध गरेका छन् । सूचना लिन र समस्या तत्काल हल गर्नका लागि मोवाइल एपलाई प्रयोगमा ल्याएको मेयर अधिकारीले स्पष्ट पार्नुुभयो । नगरपालिकाले निर्माण गरेको मोबाइल एपबाट हरेक नागरिकले नगरपालिका कार्यालयसम्म सूचना पु¥याउन सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले मोबाइल एपमार्फत् प्राप्त हुने समस्यालाई तत्काल समस्या समाधान गरिनेछ ।