काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकामा अत्यावश्य बाहेकका सेवा बन्द हुुन भएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखा परीक्षण फागुुन ५ गतेदेखि ८ गेतसम्म सञ्चालन भइरहेकाले यस अवधिमा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द हुुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूूचना जारी गर्दै उक्त जानकारी गराएको हो । 
उक्त सेवाबाट पर्न गएको असहजता प्रति गाउँपालिका क्षमाप्रार्थी समेत रहेको सूूचनामा उल्लेख गरिएको छ ।