काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।
समूह ‘सी’मा रहेको नेपाल तीन खेल खेल्दा अंकबिहीन छ । स्कटल्यान्डले भने दुई अंक जोडेको छ । यो समूहबाट स्कटल्यान्ड र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् । इटाली र स्कटल्यान्डले दुईदुई अंक जोड्दा नेपाल भने अंकबिहीन छ । विश्वकपबाट बाहिरिसकेको नेपालमाथि आज सान्त्वना जित निकाल्ने अवसर बाँकी छ ।
पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको थियाे । दोस्रो खेलमा कमजोर प्रदर्शन गर्दै नेपाल इटालीसँग १० विकेटले पराजित भयो । तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो ।
विश्वकपमा नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
समूह सीमा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्यान्डसमेत ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल रहेको समूहबाट यी दुई टिम सुपर आठमा प्रवेश गर्दा इटाली, स्कटल्यान्ड र नेपाल बाहिरीसकेका छन् ।