भक्तपुुर । जेनजी पुुस्ताका युुवा र विभिन्न पार्टी परित्याग गरी ३२ जना युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । भक्तपुर सूूर्यविनायक नगरपालिका वडा नं. ७ ( गुण्डूू ) स्थित साविक गुुण्डूू गाविस अन्तर्गत वडा नं. २ र ८ का गरी ३२ जना युवाहरु एमालेमा प्रवेश गरेका हुुन् । नेकपा (एमाले) राष्ट्रियता, विकास र सुशासनको हिमायती भएको भन्दै अन्य पार्टीको नलागी एमाले नै रोजेका नव प्रवेशी युवाहरुले बताएका छन् ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सूूर्यविनायक ७ (गुण्डूू) ले आइतबार आयोजना गरेको टोल भेला कार्यक्रममा नेपाली कांग्रेस, राष्टिय प्रजातन्त्र पार्टी र नेपाल मजदुुर किसान पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका हुुन् ।
नवप्रवेशिलाई टिका तथा खादा लगाएर स्वागत गर्दै नेकपा (एमाले) का सचिव तथा भक्तपुर २ नं. निर्वाचन क्षेत्रका उम्मेदवार महेश बस्नेतले आफूू र नेकपा (एमाले) लाई मत दिएबापत आफूू जनताको शासक नभइ सेवक बन्ने बताउनुुभयो । भक्तपुरको विकास निर्माण र सुशासनको जिम्मा आफूूले लिने भन्दै उनले भने, “गत चार दिनदेखि आफूूले जेनजी पुुस्ताका युवाहरुलाई पार्टीमा स्वागत गर्दा नै भ्याइनभ्याइ भएको छ । अब अन्य पार्टी बाइबाइ नेकपा एमाले हाइहाइ हो ।”
हिजो गुुण्डूूमा बस्छुु भनेर आफ्नो परिचय दिनुुपर्दा हिचकिचाउनुु पर्ने अवस्था रहेको तर आज म गुुण्डूूमा बस्छुु भन्दा अन्तरआत्मादेखि गर्वको महशुुस हुुन्छ बस्नेतले थप्नुुभयो, “त्यो काम २०७४ सालमा नेकपा (एमाले) ले वडादेखि सङ्घीय तहसम्म निर्वाचन जितेपछि संभव भएको हो ।”
गुुगलमा नेकपा (एमाले) को प्रतिस्र्धा रास्वपा जस्तो देखिए पनि भूूगोलमा भने एमालेका प्रतिस्र्धा कुुनै पार्टीसँग नभएको जिकिर गर्दै बस्नेतले यसपटक यस क्षेत्रमा एमालेको झन्डा फराउने बताए ।
नेकपा (एमाले) भक्तपुुरका उपाध्क्ष तथा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले २०७९ सालमा भक्तपुरमा नेकपा (एमाले) ले नजित्दा महेश बस्नेतलाई घाटा नभइ सिंगो भक्तपुरलाई घाटा भएको स्मरण गर्दै यसपटक भने एमालेले भक्तपुर २ नंं. क्षेत्रमा बस्नेत विजयी हुुने विश्वास व्यक्त गर्नुुभयो ।
नेकपा (एमाले) भक्तपुुर जिल्ला.निर्वाचन परिचालन समितिका सदस्य एवं सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले यो निर्वाचन देश जलाउने र बनाउने बीचको प्रतिस्र्धा भएकाले एमालले देश बनाउने अभियानमा लागेकाले एमाले निर्वाचन जित्ने बताए । 
नवप्रवेशीको तर्फबाट जीवन तामाङले आफूू कुनै पनि लोभ र प्रलोभनमा परेर एमालेमा नआएको भन्दै यस क्षेत्रमा महेश बस्नेतले गरेको विकास निर्माणको कामबाट प्रभावित भएर आफूू एमालेमा लागेको बताए । राजनीतिक भनेको विकास, समृद्धि र परिवर्तन भएको भन्दै त्यसको नेतृत्व नेकपा ( एमाले) ले मात्र गर्न सक्ने भएकाले आफूले एमाले नै रोजेको स्पष्ट पारे ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ निर्वाचन परिचालन कमिटीका संयोजक मनकराम थापा सचिव गणेश वाग्लेले एमालेमा प्रवेश गरेकालाई उचित जिम्मेवारी प्रदान गरिने भन्दै विगतदेखि एमालेमा प्रवेश गरेका व्यक्ति कोही पनि जिम्मेवार विहीन नभएको बताए ।