काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै तोकेर ताकेता लगाएको छ । आज मंगलबार बसेको आयोगको बैठकले दल तथा उम्मेदवारहरुलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको हो ।
फागुन २१ गतेको निर्वाचनका लागि दल तथा उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । तर घोषणा पत्र भने केहीबाहेक दलहरुले सार्वजनिक गरेका छैनन् ।
.निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।