काठमाडौँ । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौँ पठाइएकाे छ ।
रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल लगिने र एक जनालाई काठमाडौँ ल्याइने रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो । ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो ।