काठमाडौँ । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित प्रसिद्ध संकटा मन्दिर परिसरमा एक विशेष औपचारिक कार्यक्रमका बीच रक्तदान तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद आचार्यले वर्तमान अध्यक्षलाई 'ब्लड ब्याग' हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले गरेका थिए, भने प्रमुख अतिथिको रूपमा काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन उपस्थित थिए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतले सञ्चालन गरेको उक्त कार्यक्रममा चाईना ट्रेड बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रणामी साकोसका प्रमुख कार्यकारी अधिकृत दीपक विक्रम थापा, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कुन न्यूरोड कार्यालयका कर्मचारीहरूका साथै संस्थाका सञ्चालक समिति, लेखा समिति र विभिन्न उप-समिति सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष रामप्रसाद आचार्यले सामाजिक सेवाको महत्वमाथि प्रकाश पारे । शिविरमा उत्साहजनक सहभागिताका बीच ४० पिन्ट रगत संकलन हुनुका साथै ११० जनाले स्वास्थ्य जाँच तथा आयुर्वेदिक परामर्श र ६० जनाले दन्त परीक्षणको सेवा लिएका थिए ।

