काठमाडौँ । महलिा तथा बालबालिकाको क्षेत्रमका काम गर्दै आएको धना फाउण्डेशनले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । समाज डेण्टल हस्पिटल सितापाइलाको विशेषज्ञ सहयोगमा काठमाडौँको कलंकीमा निःशुल्क दन्त शिविर आयोजना गरिएको हो ।

धना फाउण्डेशनकी अध्यक्ष धना अचार्यकाअनुसार उक्त शिविरबाट २०० भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा मन्जन, ब्रस, दात निकाल्ने, सामान्य सफाइका सेवाहरु निशुल्क दिइएको थियो । उक्त शिविरमा समाज डेण्टल हस्पिटलकाे तर्फबाट ५ जना डाक्टरहरु सहभागी भएका थिए ।