काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडीकाे थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । मृतककाे संख्या बढ्ने सक्ने आशंका छ ।
उक्त जिपमा १४ जना सवार थिए । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाएको छ । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।