काठमाडाैं । डेढ किलो सुन र ठूलो परिमाणमा नगद रुपैयाँसहित सात जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयलेको प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जनाएको छ । भारतीय र नेपाली नागरिकहरूको सो समूहबाट १७६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट गिरफ्तार गरिएको हो । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् । यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पनि पक्राउ परेका छन्