काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
पोखरेल २०२४ वैशाख ६ गते जन्मिएका हुन् । उनी ३२ वर्षदेखि वकालत पेशामा आवद्ध थिए । संवैधानिक र वाणिज्य कानुनमा उनको विशेष दख्खल रहेको छ । थापा कानुन व्यवसायबाट उच्च अदालतको न्यायाधीश बनेकी थिइन् । पौडेल यसअघि विशेष अदालतको अध्यक्ष थिए । सर्वोच्चमा चार न्यायाधीश रिक्त रहेकोमा परिषद्ले तीनजनाको मात्र नाम सिफारिस गरेको छ ।