काठमाडौं । जसपा नेपालबाट विभाजित भएको समूहले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।
निवेदनमा नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राईलाई प्रस्तावित गरिएको स्रोतले बतायो । पुराना कम्युनिष्ट नेता अशोक जसपामा वरिष्ठ नेताको हैसियतमा थिए । उनी एमालेका पूर्वनेता हुन् । उनलाई गत आमनिर्वाचनमा एमालेले सहयोग गरेर जिताएको थियो ।
इस्तियाक राई पूर्वमन्त्री हुन् । उनी गत निर्वाचनमा बाँके २ मा पराजित भएका थिए । नयाँ पार्टीको नाम जसपा प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ता भइसकेको छैन ।