काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले नयाँ पार्टी गठनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका छन् ।
विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए । ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी छन् । राईको नेतृत्वमा गठित पार्टीको नाम 'जसपा' मात्र राखिएको छ ।