काठमाडौं । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो । लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेका थिए। पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छाडेको जानकारी पाएको बताए। ‘ उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा हुनुहुन्छ भन्ने कुरा आएको छ’, उनले भने ।