काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औं सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।