काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन आज शुक्रबारबाट चौतारामा सुरु हुँदैछ । १०औं जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी र्मा ओलीले कार्यक्रम तय भएको छ । जिल्ला अध्यक्ष एवं अधिवेशन मूल समारोह समितिका संयोजक तथा अध्यक्षका आकांक्षी कमल नेपालका अनुसार अधिवेशनको भव्य तयारीमा भएको छ । उद्घाटन ६÷७ हजार मान्छे आउने आंकलन गरएिको छ उनले बताए । उनका अनुसार एमाले सिन्धुपाल्चोकमा बन्दसत्रको लागि जम्मा गरी ७ सय ४५ प्रतिनिधि चयन भएका छन् । अलिकति प्रदेश कमिटि तथा काठमाडौंबाट पार्टी कमिटी तथा काममा जोडिएका २२ जनालाई प्रतिनिधि मनोनयनमा राखिएको छ ।
उनले भने, ‘जिल्ला अधिवेशनमा मुख्यगरी दुईतिवटा कामहरु हुन्छ । एउटा विषय हाम्रो कार्यकाल भनेको २५ महिना भयो २५ महिनाको समिक्षा हुन्छ । यसका सकारात्मक पाटो, कमजोर पक्ष के–के रहे भन्ने कुरामा समिक्षा हुन्छ । सकरात्मक पाटोलाई कार्यान्वयन र नकरात्मक पाटोलाई नदोहोरिने गरी थप योजना बनाएर अगाडि बढ्छौं । सिन्धुपाल्चोकलाई अब समृद्विको विषयमा तथा पार्टी संगठनलाई कसरी अगाडि बढाउँछौं त्यो बारेमा योजनाहरु प्रस्तुत गर्छौं । ति कुराहरु हामी बन्दसत्रको हलबाट पास गर्छौ । त्यसपछि पास गरेका विषयलाई कार्यान्वयन गर्न जिल्ला कमिटिलाई निर्वाचन प्रक्रियामा अगाडि बढाउँछौं । निर्वाचन पछि बन्दसत्र सकिन्छ परिणाम घोषणा हुन्छ । यसरी अधिवेशन समाप्त हुन्छ । हलबाट पास गरेका विषय बस्तुलाई नयाँ कमिटिले पास गर्छ ।’