काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले आफूले देश र जनताको हितमा इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
उनले भनिन्, ‘अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उचाईमा पुर्याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु । ’
एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् । उनी पूर्वराजदूत समेत हुन् ।