काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा दुवै क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।निर्वाचन आयोगका अनुसार, आइतबार राति ८ बजेसम्मको मतगणनामा इलाम २ मा एमालेका सुहाङ नेम्वाङ र बझाङ १ ‘क’मा दमनबहादुर भण्डारीले अग्रता लिएका हुन् । इलाममा सुहाङले तीन हजार २४९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको ७०३ मत छ भने ४३४ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू चौथो स्थानमा छन् । इलाममा ६ हजार ९६४ मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको हो ।