नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आजको खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । एनपिएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।