काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रम निर्देशक आदित्य मिश्रका अनुसार विद्यार्थीहरूलाई कम्पनी दर्ता प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो ।
स्ववियु मार्फत आयोजित कार्यक्रमले कानूनका विद्यार्थीहरूलाई कम्पनी दर्ता प्रक्रियाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनको भनाइ छ ।
कार्यक्रममा उच्च अदालत पाटन बार यशोसिएन सदस्य एवं स्ववयु नेपाल ल क्याम्पसका निर्वतमान उपसभापति गोविन्द शाह र कम्पनि रजिष्ट्रार कार्यालय का सहायक रजिष्ट्रार चेतन कुमार खत्रीले प्रशिक्षण दिएका थिए ।
.jpeg)
.jpeg)
