काठमाडौं । नेपाली मौलिक पर्व तीजका अवसरमा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। राजधानीको बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्यूमा आयोजित भव्य समारोहमा कुल २२ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई अवार्ड प्रदान गरियो।
आर्टिष्ट अफ नेपालको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सबिता पोखरेलले गरेकी थिइन् भने वरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथि थिइन्।

प्रमुख अवार्ड विजेताहरू
‘खाडी जानेलाई’ बोलको तीज दोहोरी गीतबाट प्रीति आले उत्कृष्ट गायिका र खुमन अधिकारी उत्कृष्ट गायक घोषित भए। यस्तै, ‘तीजको लहर आउँदा बरिलै’ गीतबाट पुजन काफ्लेले उत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड जितिन्। ‘रानीहार’ र ‘तीन बहिनी’ बोलका गीतहरूले विभिन्न विधामा वर्चस्व कायम गर्दै अवार्ड जित्न सफल भए।
उत्कृष्ट दोहोरी गायिका: प्रीति आले (खाडी जानेलाई)
उत्कृष्ट दोहोरी गायक: खुमन अधिकारी (खाडी जानेलाई)
उत्कृष्ट मौलिक तीज गीत गायिका: पुजन काफ्ले (तीजको लहर आउँदा बरिलै)
उत्कृष्ट तीज गीत: उषा मलाह (चट्टै परेर)
उत्कृष्ट तीज दोहोरी संगीत: रामकृष्ण बम मल्ल (तीन बहिनी)
सर्वोत्कृष्ट संगीतकार: शंकर थापा स्माइल (रानीहार)
पपुलर संगीतकार अफ द इयर: दीपक शर्मा (नौरती फूली)
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक: निशान बानियाँ (कर्मै खोटी छ)
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक: विष्णु शर्मा (तीन बहिनी)
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार: देवराज आचार्य (साउने झरी)
सर्वोत्कृष्ट कोरियोग्राफर: जेरी भण्डारी (म्वाइँ खाँदै)
सर्वोत्कृष्ट नवप्रतिभा (गायिका): अन्जिता विश्वकर्मा (छेक्यो बरै बादलुले)
सर्वोत्कृष्ट म्युजिक कम्पनी: हमाल म्युजिक (छेक्यो बरै बादलुले)
मोडल तथा विधागत अवार्ड
उत्कृष्ट मोडल (महिला): नारायणी खत्री (कर्णाली सलल)
उत्कृष्ट मोडल (पुरुष): भुवन के. पोखरेल (कम्मरु भाचौंला)
उत्कृष्ट संयुक्त मोडल: झरना रिसाल र दिप्सा कार्की (माइतीघरको आँगन)
उत्कृष्ट नवमोडल: पूर्णिमा आचार्य (बुलेट बाइक)
उत्कृष्ट दोहोरी शब्द: कृष्ण लामिछाने (यो तीजमा)
उत्कृष्ट मौलिक शब्द: सरिता घिमिरे र विपिन किरण
पब्लिक च्वाइस अवार्ड: आशा बुढा (बुलेट बाइक)
डायस्पोरा गीतकार अवार्ड: डा. अनितारा रञ्जितकार (नाचौं न संगीनी)

विशिष्ट नारी सम्मान
समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने सशक्त नारीहरूलाई विशेष सम्मान अर्पण गरियो। प्रमुख अतिथि मिरा राणा, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसी र साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरे।
आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान: वरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुन
साहित्य सम्मान: कमला रिसाल
चलचित्रकर्मी सम्मान: अभिनेत्री न्यान्सी खड्का
कला पत्रकारिता सम्मान: सोजना लोहार
फेसन सम्मान: काजल शर्मा
राष्ट्रिय गायन सम्मान: शितल शर्मा र अनिता कुवँर
कोरियोग्राफी सम्मान: सृष्टि घिमिरे
कला सम्मान: छिरिङ शेर्पा (अभिनेत्री तथा पर्वतारोही)
सामाजिक सेवा सम्मान: जयन्ता अधिकारी र अन्जु परियार
राष्ट्रिय सेवा सम्मान: कानुनविद कमलावली

सेसेमी लिम्बूले सञ्चालन गरेको उक्त कार्यक्रममा मोहन निरौला, मदनदास श्रेष्ठ, बसन्त बित्यासी थापा, चन्द्र शर्मा, देबिका बन्दना, शान्तिप्रिय लगायत कला-साहित्य र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रीति आले र खुमन अधिकारीले सांगीतिक प्रस्तुति दिएका थिए।