रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकको स्याफ्रुबेशी, टिमुरे र मैलुङ शाखामा कार्यरत ती कर्मचारी बेपत्ता भएका हुन् ।
बैंकका अनुसार स्याफ्रुबेशी शाखामा कार्यरत पाँच कर्मचारी सम्पर्कमा आएका छैनन् । यस शाखाका शिव प्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ याजेन तामाङ र भीम बहादुर खड्का बेपत्ता भएका हुन् ।
त्यस्तै, टिमुरे शाखाकी डोल्मा लामा पनि बाढीपछि बेपत्ता छिन् भने मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।
उनीहरूलाई यदि कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएमा यथाशीघ्र बैंकलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ ।