चितवन । खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए । दुवैको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ । प्रहरीले बस चालक सर्लाही हरिवन–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।