भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित डोलेश्वर महादेव मन्दिरमा शनिबार दर्शन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा । विसं २०६६ भदौ ६ गते डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा यहाँ हरेक वर्ष भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरिन्छ । सोही अवसरमा सर्वसाधारणले मन्दिरको गर्भगृहमा प्रवेश गरी पूजा आराधना गर्न पाउने व्यवस्था छ ।
तस्बिरः प्रविन पौडेल/रासस